सपन र स्मिताको “ट्रेन्डिङ नं १” मा पल शाह र दुर्गेश थापा

नेपाली सांगीतिक आकाशमा निकै पुरानो नाम गायक सपन श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमी यसै लजायो’ ,’बोलायो बोलायो पोखरेली मायाले’ र ,’लै बरी लै’ जस्ता दर्जनौ हिट गीत दिईसकेका गायक श्रेष्ठले अहिलेको अवस्थामा हिट हुँदै गएको फास्ट नम्बर सार्वजनिक गरेका छन् ।

गायिका स्मिता दाहाल र सपन श्रेष्ठको ‘हाम्रो माया ट्रेन्डिङ नं १’ मा मुनाल शिशिर कोइरालाको शब्द र दीपक शर्माको सङ्गीत तथा कुशल सिंहको एरेन्ज रहेको छ । सार्वजनिक गीतमा अहिलेका चर्चित मोडल गायक तथा मोडल दुर्गेश थापा र चर्चित अभिनेता तथा मोडल पल शाहलाई फिचर्ड गरिएको छ । पछिल्लो समय पल शाह र दुर्गेश थापाको म्युजिक भिडियो जोडी नि निकै फापेको छ, यो जोडीलाई हिट जोडीको रुपमा लिइदै आएको छ । यस गीतमा पनि गायक सपन श्रेष्ठले दुई लाई फिचर्ड गराएर यस भिडियोबाट राम्रै आशा राखेका छन । ‘मैले अहिलेको ट्रेन्डलाई फलो पक्कै गरेको हुँ तर गीतले नै दुईलाई मागेको हुनाले फिचर्ड गराएको हुँ, राम्रै भएको छ म खुशी छु’ गायक सपन श्रेष्ठ ।

गीतमा नव प्रस्तुतिको रुपमा फिमेल मोडल सासङ्ग एमटिलाई फिचर्ड गरिएको छ । यस गीतमा सामाजिक अभियान्ता पुण्य गौतमलाई पनि फिचर्ड गरिएको छ । गीतमा अहिले चलेको युट्युब ट्रेन्डिङलाई मायासँग जोडिएर मायालाई ट्रेन्डिङ्ग सरह अमूल्य छ भन्ने भावलाई भिडियो र अडियो मार्फत प्रस्तुत गर्ने कोसिस गरिएको छ ।

भिडियोमा अर्जुन तिवारीको सिनेमाटोग्राफी,  शिलन लम्सालको सम्पादन तथा कलर,  सुरेन बस्सेलको कोरियोग्राफी रहेको छ । कन्सेप्ट र निर्देशन भने मुनाल शिशिर कोईरालाको रहेको यस गीतको भिडियो लाई डी सिरिज युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Loading...