कपिलवस्तुमा गोली प्रहार गरी ८ लाख नगद लुटियो

 कपिलवस्तुको बुद्धभूमि नगरपालिका- १० स्थित गोरुसिंगे जंगलमा गोली प्रहार गरी आठ लाख रुपैयाँ लुटिएको छ । बिहीबार दिउँसो ३ बजे मोटरसाइकलमा आएका दुई जनाले मायादेवी- ४ चाकरचौडाका रामरक्षा जयसवाल सवार कारमाथि गोली प्रहार गरेको प्रहरीले बताएको छ ।

गोली प्रहारबाट प्र-३-०१-२३च ८०८९ नम्बरको कारमा सामान्य क्षति पुगेको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार