टुंगियो मन्त्रालय भागबण्डा : शुक्रबार मन्त्रिपरिषद् विस्तार र शपथ

सत्ता गठबन्धनका शिर्ष नेताहरुबीच शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आपसी मतभेदलाई अन्त्य गर्दै शुक्रबार ८९ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको हो । मन्त्रालय बाँडफाँडको विषयमा दलहरुबीच असमझदारी भएपछि प्रधानमन्त्री शेर बहादुर देउवाले गठबन्धनको बैठक बोलाएका थिए ।

बुधबार बसेको सत्तारुढ दलको बैठकले कांग्रेसले प्रधानमन्त्रीसहित आठ,माओवादी केन्द्रले छ, नेकपा (एकिकृत समाजवादी) र जसपाले चार–चारवटा मन्त्रालय लिने सहमति भएको थियो । यस्तै, नेकपा (एकिकृत समाजवादी), माओवादी केन्द्र र जसपाले एक–एक राज्यमन्त्री पाउने सहमति भएको थियो ।

एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउनेछ ।

यस्तै माओवादी केन्द्रले शिक्षा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी तथा सरसफाइ र कृषि तथा पशुपन्छी विकास गरी तीन मन्त्रालय पाउने सहमति भएको छ ।

त्यस्तै नेपाली काँग्रेसले रक्षा, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, महिला बालिका तथा जेष्ठ नागरिक र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय लिनेछ ।

यस्तै जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र कृषि तथा पशुपक्षी मन्त्रालय लिनेछ ।

देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट तिन मन्त्री र एक राज्यमन्त्री छन् भने माओवादीबाट दुई जना मन्त्री छन् ।

बिहीबारको सहमति बमोजिम दलहरुले आन्तरिक तयारी गरेको अवस्थामा शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने साँझसम्म शपथ गराउने सरकारको तयारी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार