प्रदेश १ मा राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने

प्रदेश १ र बागमतीको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले पाउने भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा माधव नेपालको पार्टीलाई दुबै प्रदेशमा मुख्यमन्त्री दिने सहमति जुटेको हो ।

अब प्रदेश १ मा राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन् । दुबै प्रदेशमा हाल एमाले नेतृत्वको सरकार अल्पमतमा रहेको छ भने असोज अन्तिम साता विश्वासको मत लिने तयारी भएको छ ।

हाल प्रदेश १ मा भीम आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार रहेको भएपनि विश्वासको मत लिँदा उनीहरुले बहुमत नपाउने निश्चित छ ।

९ भदौमा एमाले विभाजन भएसँगै दुबै मुख्यमन्त्री अल्पमतमा परेका छन् । मुख्यमन्त्री आचार्यले भोलि २२ भदौमा विश्वासको मत लिने प्रस्ताव राख्दैछन् भने शाक्यले २४ असोजमा विश्वासको मत लिने भएकी छिन् । यसअघि नै एकीकृत समाजवादी पार्टीले दुई राजेन्द्रलाई सम्बन्धित प्रदेशसभाको संसदीय दलको नेता चयन गरिसकेको छ । प्रदेशमा संसदीय दलको नेता नै मुख्यमन्त्री बन्न पाउने व्यवस्था रहिआएको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र र जसपाको बहुमत भएकाले दुबै प्रदेशमा नयाँ सरकार बन्ने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार