कांग्रेसले कानून मन्त्रालय लिएर नेकपा एकीकृत समाजवादीलाई दियो स्वास्थ्य मन्त्रालय

नेकपा (एकीकृत समाजवादी)ले स्वास्थ्यसहित ४ मन्त्रालय पाउने भएको छ । स्थायी कमिटीको बैठकले ४ मन्त्री र १ राज्यमन्त्री पठाउने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पाउने भएको छ । आफ्नो दलले पाएको मन्त्रालयप्रति समाजवादीका नेताहरुले असन्तुष्टि जनाएपछि कांग्रेसले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय लिएर स्वास्थ्य दिने भएको हो ।

अब समाजवादीले स्वास्थ्यसँगै शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउनेछ । मन्त्रीहरूको टुंगो भने शुक्रबार बस्ने सचिवालय बैठकले टुंगो लगाउने भएको छ । सत्ता गठबन्धनका शिर्ष नेताहरुबीच शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आपसी मतभेदलाई अन्त्य गर्दै शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको थियो । मन्त्रालय बाँडफाँडको विषयमा दलहरुबीच असमझदारी भएपछि प्रधानमन्त्री शेर बहादुर देउवाले गठबन्धनको बैठक बोलाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार