बिहीबार देशभर थपिए ८०५ कोरोना संक्रमित

नेपालमा बिहीबार थप ८०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार २ सय ६४ पिसिआर परीक्षणका क्रममा ६ सय ६७ र ३ हजार ४ सय ८ एन्टीजेन परीक्षणका क्रममा १ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ८ लाख ९३ हजार ७२ पुगेको छ ।

यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण ११ हजार २ सय जनाको मृत्यु छ । त्यस्तै थप ९ सय ११ सङ्क्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ७३ हजार १ सय ४० सङ्क्रमित कोरोनामुक्त भएका छन् । हाल १५ हजार ९ सय ४२ सक्रिय सङ्क्रमित आइसोलेसन र २ सय ४२ जना क्वारेनटाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार