एमसीसी खारेजीकाे माग राख्दै काठमाडौँमा विरोध प्रदर्शन

एमसीसी परियोजना खारेज गर्नुपर्ने भन्दै राष्ट्रवादी केन्द्र नेपालले बिहीबार काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।
एमसीसी परियोजना मुलुकको हितमा नरहेको भन्दै राष्ट्रवादी केन्द्र नेपालले काठमाडौंको भृकुटीमण्डपमा विरोध प्रदर्शन गरेका हुन् ।
राष्ट्रिय झन्डासहित प्रदर्शनमा आएका सहभागीहरूले एमसीसी सम्झौता राष्ट्रघाती भएको आरोप लगाएका थिए ।
प्रदर्शनमा सहभागीहरूले एमसीसी परियोजना खारेज गर, एमसीसी सम्झौता चाहिँदैन लगायतका नारा लगाएका थिए ।
यसअघि बुधवार परराष्ट्रमन्त्री डा नारायण खड्काले संसदीय समितिमा राष्ट्रिय सहमति र मुलुकको हितमा रहेमात्रै एमसीसीलाई अघि बढाउने बताएका थिए ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार