मन्त्रिपरिषद् विस्तारअघि बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

मन्त्रिपरिषदलाई पूर्णता दिनुअघि सत्ता गठबन्धनको बैठक सुरु भएको छ । सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले भागवण्डाअनुसार दलहरुले पाउने मन्त्रालयलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् । यस्तै गठबन्धनको बैठक बस्नेबारे छलफल भइरहेको तर समय भने निश्चित नभएको बालुवाटार स्रोतले जनायो ।

बुधबार बसेको सत्तारुढ दलको बैठकले कांग्रेसले प्रधानमन्त्रीसहित आठ,माओवादी केन्द्रले छ, नेकपा (एस) र जसपाले चार–चारवटा मन्त्रालय लिने सहमति भएको थियो । यस्तै, नेकपा (एस), माओवादी केन्द्र र जसपाले एकरएक राज्यमन्त्री पाउने सहमति भएको थियो । माओवादीले तीन मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाएको छ ।

देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट तिन मन्त्री र एक राज्यमन्त्री छन् भने माओवादीबाट दुई जना मन्त्री छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार