एमाले केपी ओलीको निजी कम्पनी : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमाले केपी ओलीको निजी कम्पनीको रूपमा रूपान्तरण हुन थालेको टिप्पणी गरेका छन् ।
बिहीबार काठमाडौँमा एमालेका नेता भानुभक्त जोशीलाई एकीकृत समाजवादी प्रवेश गराउँदै अध्यक्ष नेपालले एमालेभित्र व्यक्तिवाद प्रवृत्ति हाबी भएको भन्दै ओलीले एमालेलाई निजी कम्पनीको बनाउन थालेको टिप्पणी गरेका छन् ।
उनले ओलीलाई सुधार्न नसकिने निष्कर्षमा पुगेर नेताहरूले एमाले छाडिरहेको तर्क गरे । अध्यक्ष नेपालले आफ्नो पार्टीको नयाँ यात्रामा एमालेका अध्यक्ष ओली बाधक हुने बताएका छन् ।  नेपालले ओलीले विभिन्न खालका भ्रम फैलाएकाले भ्रम चिर्नुपर्ने चुनौती समाजवादीका अगाडि रहेको धारणा ब्यक्त गरे ।
समाजवादी प्रवेश गर्दै नेता भानुभक्त जोशीले एमालेको आन्तरिक जीवनमा असहज अवस्था गराई प्रतिनिधिसभा विघटन गर्ने प्रयास ओलीले गरेको आरोप लगाए । उनले १० बुँदे सहमति कार्यान्वयन नहुँदा एमाले नेता तथा कार्यकर्ता निराश हुन थालेको र पूर्वाग्रहको अवस्था कायमै रहेकाले एमालेबाट राजीनामा गरेको जानकारी दिएका छन् ।
समाजवादीले भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्यको जिम्मेवारी दिने तयारी गरेको छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार