एमाले नेता भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश

नेकपा एमालेका नेता एंव केन्द्रीय सदस्य भानुभक्त जोशीले पार्टी परित्याग गरेका छन् । जोशीले एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका हुन् । बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जोशीलाई पार्टीमा स्वागत गरेका छन् । एकीकृत समाजवादीमा प्रवेश गनुएअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र बाचन गरेका थिए ।

१० बुँदे सहमति कार्यान्वयन गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिबद्धतासँगै जोशी एमालेमै रहेका थिए ।

१० बुँदे कार्यान्वयन नहुने भन्दै उनी एकीकृत समाजवादीमा आवद्ध भएका हुन् ।एमाले नीति, सिद्धान्तबाट विचलित भएकाले आफूले एकीकृत समाजवादीमा आवद्ध हुने निर्णय लिएको उनले बताए । जोशीले अघि भने,“म इमान्दारिपूर्वक र क्षमताले भ्याएसम्म पार्टी काममा आजकै दिनदेखि लाग्ने छु ।”

एकीकृत समाजवादीमा आवद्ध भएलगत्तै जोशी पार्टीको स्थायी कमिटी बैठकमा सहभागी भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार