वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीले गरे आत्महत्या

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिएका छन् । काठमाडौं–७, बुलबुलेमा निर्माणाधीन घरको अगाडि उनको शव भेटिएको हो ।निर्माणाधीन घरको चौथो तलाबाट उनले हामफालेका हुन्।

७४ वर्षीय चतुर्वेदी बिहान ७ बजे मर्निङ्वाक गएको बेला सो घरमा गएर हाम्फालेका हुन् । उनी काठमाडौं महानगरपालिका–७ चावहिल स्थित बुलबुलेमा बस्दै आएका थिए । आफ्नो घरबाट केही पर रहेको निर्माणाधीन घरबाट उनि हाम्फालेका हुन् ।

चतुर्वेदी डिप्रेसनको शिकार रहेको प्रहरीको दाबी छ । तर उनले आफैंले किन हाम फाले भन्ने खुलेको छैन । प्रहरीले चतुर्वेदीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाउने तयारी गरेको छ । उनी २९ भदौ २०६८ मा भ्रष्टाचारसम्बन्धी कसूरमा डेढ वर्ष जेल बसेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार