माओवादीले टुंग्यायो मन्त्री र राज्यमन्त्री, को–को बन्दैछन् ?

नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुनेको नाम टुंग्याएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले तीन मन्त्री र एक रान्यमन्त्री टुंगो लगाएको हो । माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन् भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ । यसअघि अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल भइसकेका छन्। माओवादी केन्द्रको भागमा ५ मन्त्री र १ राज्यमन्त्री परेको छ।

बुधबार बसेको सत्तारुढ दलको बैठकले कांग्रेसले प्रधानमन्त्रीसहित आठ, माओवादी केन्द्रले छ, नेकपा (एस) र जसपाले चार–चारवटा मन्त्रालय लिने सहमति भएको थियो । यस्तै, नेकपा (एस), माओवादी केन्द्र र जसपाले एकरएक राज्यमन्त्री पाउने सहमति भएको थियो ।

माओवादी केन्द्रले शिक्षा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी तथा सरसफाइ र कृषि तथा पशुपन्छी विकास गरी तीन मन्त्रालय पाउने सहमति भएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार