बुधबार थप १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि, १२ को मृत्यु

नेपालमा बुधबार थप १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ४,३०० एन्टिजेन परीक्षणमा १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९२ हजार २ सय ६७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार १ सय ९२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ८९१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ७२ हजार २ सय २९ संक्रमित निको भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार १९४ जना रहेका छन् । जसमध्ये १४ हजार ९७५ जना होम आइसोलेसनमा र १२१९ जना संस्थागत आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा ३४४, ललितपुरमा ६१ र भक्तपुरमा ३५ जना संक्रमित भेटिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार