श्री एयरलाइन्सको जहाज ट्याक्सी वे छाडेर घाँसतिर

। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक उडानको ट्याक्सी वेमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ ।

काठमाडौंबाट नेपालगञ्जका लागि उडान भर्ने क्रममा रहेको जहाज मंगलबार बिहान ट्याक्सी वेमा ट्रयाकभन्दा बाहिर गएको विमानस्थलले जनाएको छ ।

ट्याक्सी वेबाट विमान चिप्लिएको मात्रै भएका कारण कुनै पनि क्षति भएको छैन ।

केही दिन अगाडि बुद्ध एयरको विमानको चक्का नखुलेका कारण ठूलो तनाब भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार