सुनसरीमा विष्फोटक पदार्थसहित दुई जना पक्राउ

सुनसरीका छुट्टाछुट्टै स्थानबाट ठूलो मात्रामा विष्फोटक पदार्थ पटाकासहित दुई जना पक्राउ परेका छन् ।  प्रहरीले एक जनालाई दुहबी बजार क्षेत्रबाट र अर्का एकलाई इटहरीबाट पक्राउ गरेको हो  ।

दुहबी नगरपालिका-१ परासटोकी क्षेत्रमा चेकजाँच गर्ने क्रममा गढी गाउँपालिका-३ का इन्द्र नारायण साहलाई किङ कोब्रा लेखिएको १४ बन्डल पटकासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सेतो प्लाष्टिकको बोरामा काँधमा बोकी रहेको अवस्थामा चेकजाँच गर्दा फेला पारिएको प्रहरीले जनाएको छ । जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भारतबाट अवैध रुपमा ल्याउँदै गरेको ३ हजार ८ सय प्याकेट पटाकासहित इटहरी-६ का राजु साह पनि पक्राउ परेका छन् । साहले सडक किनारामा को३५प८७६८ नम्बरको मोटरसाइकलमा पछाडि दुई वटा सेतो प्लाष्टिकको बोरा लोड गरिराखेको र मोटरसाइकल छेउ चार बोरा पहेँलो र २ बोरा हरियो बोरामा प्याक गरी राखेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

 आइतबार जिल्ला अदालतबाट म्याद थप गरी ‍अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । न्युज कारखाना

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार