भर्खरै ५.८ म्याग्नेच्युडको भूकम्पको धक्काले काठमाण्डौ हल्लायो

नेपालको काठमाण्डौसहित पूर्वी भेगमा भूकम्पको धक्का महशुस भएको छ । सोमबार राति ९ बजेर ६ मिनेटको समयमा गएको ५.८ म्याग्नेच्यूडको भूकम्पको केन्द्रबिन्दु भारत पश्चिम बंगालको जालपाईगुढी रहेको राष्ट्रिय भूकम्पमापन केन्द्रले जानकारी दिएको छ ।

यसको धक्का नेपालको पूर्वी भेगसँगै काठमाण्डौ उपत्यका र यसआसपासका क्षेत्रमा महशुस भएको थियो । भूकम्पविद लोकविजय अधिकारीका अनुसार भूकम्पको धक्का पूर्वी नेपालका भूभागमा बढि महसुस भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार