माछापुच्छ्रे बैंक २१ वर्ष पूरा गरी २२औँ वर्षमा प्रवेश

माछापुच्छ्रे बैंकलि. २१वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ । सोहीअवसरमा बैँकले एक कार्यक्रमका बीचमा २० वर्ष भन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको छ ।
यस अघि नै बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा ल्याएको आफ्नो १० दिने क्यासब्याक अफरको आज अन्तिमदिन रहेको छ । जस अन्तर्गत ग्राहकहरुले डेबिट वाक्रेडिट कार्डबाट पिओएस वा इ-कमर्स साइटमाकार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक रु २१० सम्म र अफर अवधि भर अधिकतम रु २१०० सम्मको क्यास ब्याकपाउन सक्नुहुनेछ । क्यास ब्याकको अतिरिक्त ग्राहकहरुलाई दैनिकआकर्षक उपहारहरु पनिप्रधान गरी रहेको छ ।
डेबिट र क्रेडिट कार्ड बाहेक बैंकको मोबाईल बैकिंङ्कबाट अफर अवधि भर कुनै पनिकारोबार गर्ने ग्राहकहरु मध्येबाट एक जनाले मेगाबम्पर उपहार स्वरुप फोनपेको तर्फबाट सामसुङ्ग ग्यालेक्सी एस २१ फोन प्राप्तगर्न सक्नुहुनेछ ।
साथै सबल उत्कृष्ट एंव विस्तारित पहिचान बनाएको माछापुच्छ्रे बैंकको २१वर्षको गौरवमय यात्रामा साथदिनुहुने सम्पूर्ण ग्राहकवर्ग शेयरधनि, नियमनकारी निकाय, कर्मचारी एंव शुभचिन्तकहरुमा बैंकले हार्दिक कृतज्ञता व्यक्तगदैँ आगामीदिनमा पनि अझउत्कृष्ट सेवाप्रदा नगर्ने प्रतिबद्धता व्यक्तगरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार