संविधानअनुसार हुने निर्वाचनका लागि विवेकशील साझा तयार रहेको मिश्रको भनाई

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संविधानअनुसार हुने निर्वाचनका लागि विवेकशील साझा सबै तयार रहेको बताएका छन् । सोमबार विवेकशील साझा पार्टीद्वारा पार्टी कार्यालय ललितपुरमा गरिएको अन्तरक्रिया कार्यक्रमा उनले संविधानभन्दा बाहिरबाट हुने चुनाव मान्य नहुने र संविधान अनुसार हुने चुनावका लागि तयार रहेको बताएका हुन् ।

उनले विवेकशील साझा वैकल्पिक शक्तिका रुपमा स्थापित भइसकेको बताए । नेपालमा भ्रष्टता, असक्षमता र अनियमित ७० वर्षदेखिको समस्या भएको उनको भनाई छ । त्यस्तै उनले अब सार्वजनिक शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्नेमा जोड दिए ।

यस्तै संयोजक मिलन पाण्डेले २५ प्रतिशत युवाले आगामी निर्वाचनमा आफूहरूलाई भोट गर्ने दाबी गरे । प्रविधिको प्रयोगले भ्रम र झुट कुराबाट जानकार रहेकाले विवेकशील साझाले बलियो रुपमा उभिने उनको भनाई छ ।

Loading...