सनराइज बैंकद्वारा नि:शुल्क आँखा शिविर सम्पन्न

सनराइज बैंक विरगंज शाखा र लायन्स क्लब विरगंजद्वारा आ.एम केडिया आई अस्पतालको सहयोगमा विरगंज ३१, परसौनिमा नि:शुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत सर्वसाधारणलाई सहज स्वस्थ्य सुविधा दिने उद्देश्यले शनिबार उक्त कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रम सम्पन्न गर्न बैंकले लायन्स क्लब विरगंजलाई एक लाख ८० हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो । शिविरमा २ सय ५० जनाको आँखा परिक्षण गरेकोमा १०० जनाको आँखामा समस्या देखिएको थियो । उक्त शिविरमा अस्पतालको ७ जना टोलिले सेवा प्रदान गरेका थिए । समस्या देखिएका १०० जनाको निशुल्क उपचार हुने बैंकले जनाएको छ ।

सनराइज बैंकले देशव्यापी रुपमा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिदैं जाने बैंकले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार