कांग्रेसको काठमाडौं महानगरको अधिवेशनका लागि आज बिहान ९ देखि दिउँसो १ बजेसम्म मतदान हुँदै

नेपाली कांग्रेसको हिजो रोकिएको काठमाडौं महानगरपालिकाको अधिवेशन आज सकिँदैछ । हिजो मतदाताको अन्तिम नामावली प्रकाशन गरिएपछि रोकिएको अधिवेशनअन्तर्गत आज बिहान ९ बजेदेखि मतदान हुनेछ ।

राष्ट्रिय सभा गृहमा दिउसो १ बजेदेखि मतदान हुनेछ । नगर कमिटिको सभापतिको लागि निलकाजी शाक्य र प्रगतिमान रञ्जितबिच प्रतिस्पर्धा भइरहेको छ ।

शाक्य प्रकाशमान सिंह र गगन थापा समुहको साझा उम्मेदवार हो भने रञ्जित शेरबहादुर देउवा र भिमसेनदास प्रधान समुहको उम्मेदवार बनेका छन् । उपसभापति पदका लागि सन्तकुमार महर्जन, शुशिला ढकाल, सूबिरनाथ खनाल र भरत तण्डुकारको उम्मेदवारी परेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार