अखिल (क्रान्तिकारी)को नेतृत्व चयन गर्ने जिम्मा प्रचण्डलाइ

नेकपा माओवादी केन्द्रले पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नेतृत्व चयन गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाइ दिएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले अखिल (क्रान्तिकारी) को नेतृत्वको बारेमा छलफल गर्दै अन्तिम टुङ्गो लगाउने जिम्मा अध्यक्षलाई दिइएको माओवादी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिऐ । उनले राष्ट्रिय सम्मेलन चलिरहेकाले नेतृत्वका बिषयमा छलफल भएको भन्दै सवै पात्र समान हैसियत र समान क्षमताको रहेकाले छनौट गर्ने जिम्मा अध्यक्षलाई दिइएको बताऐ । त्यस्तै बैठकमा बिशेष प्रदेश कमिटीका लागि ९१ जनाको नाम प्राप्त भएको र अध्ययन पछि अर्को बैठकले आवश्यक निर्णय गर्ने प्रवक्ता महराले जानकारी दिए ।
उनले मन्त्रिमण्डलका बिषयमा भने आइतबार छलफल हुने जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार