गोकुल बाँस्कोटाले भने- ७० करोडको कथाको अदृश्य पात्र पुष्पकमल दाहाल हुन्

नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले ७० करोडको कथाको अदृश्य पात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भएको आरोप लगाएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेले बनेपामा शनिबार आयोजना गरेको कार्यक्रममा नेता बाँस्कोटाले जनताले त्यसको हिसावकिताव गर्ने बताए ।

अध्यक्ष दाहालले केही दिनअघि पाँचखालमा भएको कार्यक्रममा ७० करोडको कथाको याद दिलाउँदै ओली सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका थिए ।

बाँस्कोटाले यस विषयमा आफूसँग सिधा बहस गर्नसमेत चुनौती दिएका छन् । उनले तथ्यका आरधारमा यस विषयमा टुँडिखेलमा, काभ्रेमा, टेलिभिजन च्यानलहरूमा बहस गर्न तयार रहेको बताए । उनले अध्यक्ष दाहाल र आफ्नो बारेमा लागेको आरोपबारे छानविन गर्न पनि माग गरे ।

फरक प्रसङ्गमा नेता बाँस्कोटाले दाहाललाई गठबन्धनबाट चुनाव लड्न काभ्रे आउन चुनौती दिए । पाँचवटै दल मिलेर चुनावमा आए पनि पराजित गर्ने उनले जिकिर गरे । राजनीतिक रूपमा माओवादीले आत्महत्या गरिसकेको उनको टिप्पणी थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार