कोरोना अपडेट: थप २६६ जनामा संक्रमण, ४ जनाको मृत्यु

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । सोमबार थप २६६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७८ हजार २१० पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार ३६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १०२ जना संक्रमित निको भएसँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या दुई लाख ७३ हजार ३४२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा १८ सय ३२ जना आइशालेशनमा र ६४ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २२ लाख ८९ हजार ८२४ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार