आरबीबी एनभीए भलिबल च्याम्पियन: हेल्प नेपालकोे लगातार चौंथो जित

पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ हेल्प नेपालले लगातार चौंथो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा सोमबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपालले लगातार चौंथो जित निकालेको हो । हेल्प नेपालले पुलिसमाथि २५–२२,२५–१६ र २५–२० को सेटमा जित निकालेको हो । जितसँगै हेल्प नेपालले अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । हेल्प नेपालले ४ खेलमा १२ अंक जोडेको छ ।

प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछ । महिला र पुरुष विजेताले ३ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ ।

प्रतियोगिताको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउनेछन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउनेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार