प्रचण्डले लोक गीत गाउँदै भने – कलाकार बन्ने इच्छा थियो, परिस्थितिले साथ दिएनन् (भिडियोसहित)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफु परिस्थीतिका कारण कलाकार हुन नसकेको बताएका छन् । सुनाखरी मल्टिमिडिया फाउण्डेशको आयोजनामा शुक्रवार काठमाडौँमा भएको राष्ट्रिय काँठे लोक दोहरी अवार्ड वितरण कार्यक्रममा प्रचण्डले सानैदेखि गीत गाउने इच्छा भएपनि परिस्थितिले साथ नदिएको र कलाकार हुन नसकेको बताएका हुन् ।

गीत संस्कृति, खेल भनेपछि लट्ठ पर्ने बानी रहेको उनको भनाई छ । उनले गीत संस्कृति, खेल क्षेत्र राष्ट्रको गौरवको विषय भएको धारणा ब्यक्त गरे । राजनीतिक कार्यक्रम निरस हुने र आजभोलि गालीगलौज पनि हुन थालेको उनले बताएका छन् । उनले लोकसंस्कृति सम्बन्धी कार्यक्रममा सहभागी हुँदा रिल्याक्स महसुस गरेको उल्लेख गरे । कार्यक्रममा विभिन्न कलाकार, पत्रकार लगायतलाई सम्मान गरिएको थियो ।

विगतमा आफूहरुले पनि गीत गाउने गरेको भन्दै उनले यस्तो गीत गाए :

‘मनै रुने रैछ सुईं–सुईं रेलले सुईंक्याउँदा
वर्मातिर घुईँक्याउँदा…’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार