अदालतको अवहेलना मुद्दामा चार पूर्व प्रधानन्यायाधीशलाई सफाइ

सर्वोच्च अदालतले अवहेलना मुद्दामा चारजना पूर्व प्रधानन्यायाधीशलाई सफाइ दिएको छ। गत वर्ष पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सार्वजनिक रुपमा संयुक्त वक्तव्य दिएका चार पूर्वप्रधानन्यायाधीशले अदालतमा विचाराधीन मुद्दामा बोलेको भन्दै अवहेलना मुद्दा परेको थियो।

अधिवक्ता लोचन भट्टराई र धनजित बस्नेतले दायर गरेको छुट्टाछुट्टै निवेदनमाथि सुनुवाइ गर्दै शुक्रबार प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणा र सपना प्रधान मल्लको इजलासले पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई सफाइ दिइको हो ।

चार पूर्व प्रधानन्यायाधीशले २४ पुस २०७७ मा संयुक्त विज्ञप्ति निकालेर ५ पुसमा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको वक्तव्य दिएका थिए । अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरी स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेको भन्दै अधिवक्ता धनजीत बस्नेतले चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

सोही मुद्दामा चार पूर्वप्रधानन्यायाधीले फागुन ३ गते सर्वोच्चको अवहेलना नगरेको र प्रतिनिधिसभा विघटन गर्नु गैरसवैधानिक भएको दाबीसहितको लिखित जवाफ पेश गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार