नेपालमा बिहीबार थप १ हजार ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा बिहीबार थप १ हजार ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  देशभर गरिएको ८ हजार ५ सय ५५ पिसिआर परीक्षणका क्रममा ८ सय ९८ जना र ३ हजार २ सय १० एन्टीजेन परीक्षणका क्रममा १८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमितको सङ्ख्या ८ लाख ८६ हजार ६ सय २० पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार १ सय ३५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यस्तै थप ९ सय ११ सङ्क्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ६५ हजार ७ सय ५८ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १८ हजार १ सय ६८ सक्रिय सङ्क्रमित आइसोलेसन र २ सय ३८ जना क्वारेनटाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार