सरकारले एमालेलाई मात्र छलफलमा बोलाउनुपर्छ : विशाल भट्टराई

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना मागका बारेमा सरकारले एमालेलाई मात्र छलफलमा बोलाउनुपर्ने बताएका छन् । बिहीबार संसद् भवन नयाँ बानेश्वरमा भट्टराईले आफूहरूको उठान गरेका मुद्दामा सत्तापक्ष वा सभामुखले समाधानमुखी प्रयासका लागि एमालेसंगमात्र सिधै छलफल गर्नुपर्ने बताएका हुन् । अरू गठबन्धन दलसँग बसेर छलफल गर्न आवश्यक नरहेको र एमालेलाई मात्र बोलाए छलफलमा सहभागी हुने उनको भनाई छ ।

एमाले संवादमा विश्वास गर्ने भएकाले शान्तिपूर्ण समाधानका लागि छलफल गर्न तयार रहेको उनले बताए । एमालेको एजेन्डामा निरूपण गर्ने गरी सरकार र सभामुखले छलफल नै नरहेको भट्टराईको तर्क छ । उनले आफ्ना सांसदको कारबाहीका विषयमा सभामुखसँग आपत्ति रहेको र पार्टी फुटाउन संसद् छलेर अध्यादेश ल्याउने र फिर्ता गर्ने विषयमा सरकारसँग आपत्ति रहेको उल्लेख गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार