परराष्ट्रमन्त्री डा.नारायण खड्का स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्र संघको ७६ औं महासभामा सहभागी हुन न्यूयोर्क गएका खड्का बिहीबार स्वदेश फर्किएका हुन् । बिहीबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सञ्चारकर्मीसँग बोल्दै खड्काले महासभामा कोभिड–१९, दिगो विकास, पृथ्वीको आधारभूत आवश्यकता, मानव अधिकारको रक्षाबारे छलफल भएको बताए ।
कोभिड नियन्त्रणका लागि सबै देशका नागरिकलाई खोप, आतंकवादको अन्त्यबारे महासभामा कुरा गरेको बताएका छन् । उनले सो क्रममा भारत, बंगलादेश, कुवेत लगायत देशहरूका परराष्ट्रमन्त्रीसँग पनि छल्फल भएको बताए