वानेश्वर क्याम्पस अगाडि महिलाको शव भेटियो

काठमाडौंको वानेश्वर क्याम्पस अगाडि एक जना महिलाको शव भेटिएको छ । आज बिहान क्याम्पस अगाडि वाग्मती खोलाको पुलमुनि एक जनाको शव भेटिएको हो ।

बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै महानगरीय प्रहरी वृत्त वानेश्वरको टोली घटनास्थल पुगेको थियो । शवको सनाखत भएको छैन ।

शवको अवस्था हेर्दा कतैबाट खोलाले बगाएर ल्याएर अड्किएको जस्तो देखिएको प्रहरीले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार