माधवकुमार नेपाल अस्पताल भर्ना

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । नेपालको सचिवालयका अनुसार ज्वरो र खोकीको समस्याका कारण महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् । उनको सचिवालयका अनुसार नेता नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको छ ।

यस्तै स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको उनको सचिवालयले जनाएको छ । सचिवालयले सूचना जारी गर्दै भनेको छ, ‘उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्दै स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको व्यहोरा सम्बन्धित सबैमा सादर अनुरोध छ ।’ उनको उपचारमा अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार