किरण चेम्जोङ बने एसियामा साताको उत्कृष्ट खेलाडी

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ बनेका छन् । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार एएएफसी इन्टरनेसनल प्लेअर अफ दी विकमा किरणसहित १० खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । त्यसमा ९ खेलाडीलाई पछि पार्दै किरण विजेता बनेका हुन् ।

सूचीमा किरण, सालेह र अलासहित यूएईका अली माबखोत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाका, इरानका सरदार अजमोन, बहराइनका मोहमद मरहुन, जोर्डनका मुसा अल तामरी र ताजिकिस्तानका नका अलिसेर जालिलोभ परेका थिए ।
अप्रिल ४ सम्मका लागि भोटिङ गर्ने समय तोकिएकोमा किरणले सर्वाधिक भोट पाएका छन् ।

किरणले सर्वाधिक ५५.६९ प्रतिशत भोट पाए । दोस्रो स्थानमा साउदी अरेबियाका सालेह अल सेहरी रहे । उनले २०.७२ प्रतिशत भोट प्राप्त गरे । तेस्रो स्थानमा रहेका इराकका अला अली मवाईले १०.१६ प्रतिशत भोट पाए । किरणको कप्तानीमा गत साता नेपालले बंगलादेशलाई २–१ ले हराउँदै थ्री नेसन्स कपको उपाधि जितेको थियो । थ्री नेसन्सकप कपमा ३ खेलमा २ क्लिन सिट राखेका किरणले फाइनलमा १ गोलको सामना गरेका थिए । नेपाले दशरथ रंगशालामा ३७ वर्षपछि फुटबल उपाधि जितेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार