प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ । आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी वेदप्रसाद भण्डारीले प्रदेश २ को ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा अनियमितता भएको समाचार बाहिरिएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको जानकारी दिए ।

उनका अनुसार ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानका लागि करिब ११ करोड १७ हजार साइकल सार्वजनिक खरिद ऐन नियमको मापदण्ड विपरित खरिद गरेको भन्ने विषयमा आयोगको निर्णयबाट आयोगको केन्द्रीय कार्यालय काठमाडौं र बर्दिबास कार्यालयको संयुक्त टोली मुख्यमन्त्री कार्यालय पुगेको थियो । संयुक्त टोलीले कागजात जफत गरेको उनले बताएका छन् । ‘कागजात नियन्त्रणपछि ती कागजातहरुलाई बर्दिबासले आयोगको केन्द्रीय कार्यालय टंगाल पठाउँछ,’ उनले भने, ‘त्यसपछि तुरुन्तै अनुसन्धान शुरु हुन्छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार