सुनको मूल्य १०० रुपैयाँले घट्यो

काठमाडौँ, १३ असोज । वुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले वुधबार १०० रुपैयाँले घटेर कारोबार सुरु भएको जनाएको हो ।

वुधबार बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९०० रुपैयाँ कायम छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० रुपैयाँ कायम छ ।

यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले बताएको छ । आज चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार