प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र दाहालबीच भेट भएको हो । भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको बुझिएको छ ।

माओवादीको केन्द्रको स्थायी कमिटी बैठक बस्नुअघि प्रचण्डले देउवालाई भेटेर मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गरेका हुन् ।

प्रधानमन्त्री देउवा मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा छन् । गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले अझैसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार