संसद् चालिरहेको अवस्था सूचना निकालेर कुनै अध्यादेश फिर्ता वा खारेज हुन सक्दैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् अधिवेशन चालू रहेको अवस्था सूचना निकालेर कुनै अध्यादेश फिर्ता वा खारेज हुन नसक्ने बताएका छन् । मंगलबार काठमाडौँमा सम्पादकहरुसंगको छलफलका क्रममा ओलीले संसद् छलेर सूचनामार्फत अध्यादेश फिर्ता गरिनु कानूनबिपरित रहेको बताएका हुन् ।
उनले यसअघि मध्यरातमा संसद् बन्द गर्दै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर गठबन्धन सरकारले संसदीय मूल्यमान्यता भत्काएको र अहिले संसद् चालू रहेका बेला कानूनबिपरित फिर्ता गरिएको आरोप लगाएका छन् ।  ओलीले दूषित मनसायका साथ अध्यादेश ल्याएको दोहराए । उनले ओलीले संविधान, लोकतन्त्र र संसदीय परिपाटी भत्काएर सरकार अघि बढेको भन्दै सरकारले संविधान मिच्दा पनि सञ्चारमाध्यम चुप लागेर बसेको बताएका छन् ।
आफू प्रधानमन्त्री हुँदा निर्वाचन घोषणा गरेको भन्दै ओलीले प्रतिगमन शब्दको दुरुपयोग भएको उल्लेख गरे । उनले आफ्नो सरकार ५ वर्ष चलाउन जनादेश प्राप्त भएपनि बिचैमा छोड्नुपर्न आफ्नो ढङ्ग नपुगेको पनि हुनसक्ने बताएका छन् ।
ओलीले आफु नेतृत्वको सरकारले असाधारण विकासका लागि काम गरेकाले निर्वाचनमा जनतामाझ जान कुनै कठिनाइ नहुने तर्क गरे । ओलीले  जहाज दुई पाइलटले चलाउँदा राम्रो हुने भए पनि पार्टी भने नचल्ने टिप्पणी गरेका छन् ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार