मंगलबार थप १ हजार १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि, १२ जनाको मृत्यु

नेपालमा मंगलबार थप १ हजार १ सय ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  देशभर गरिएको ११ हजार ६ सय ७२ पिसिआर परीक्षणका क्रममा ९ सय ४ जना र २ हजार ३ सय ३१ एन्टीजेन परीक्षणका क्रममा २ सय ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमितको सङ्ख्या ८ लाख ८४ हजार ३ सय ७९ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म  ११ हजार १ सय १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यस्तै थप १ हजार ३ सय १८ सङ्क्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ६३ हजार ७ सय ३४ जना निको भएका छन् । हाल १८ हजार ४ सय २२ सक्रिय सङ्क्रमित आइसोलेसन र ३ सय २८ जना क्वारेनटाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार