नेकपा एमालेको १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय कार्यदलको बैठकले सहमति कार्यान्वयन देखिएका समस्यालाई समाधान गर्ने विषयमा छलफल गरेको छ । एमाले पार्टी कार्यालय बबरमहलमा मंगलबार बसेको बैठकमा १० बुँदे सहमतिको केही बुँदा कार्यान्वयन भइसकेको र सहमतिका अन्य बुँदाको कार्यान्वयन गर्ने विषयमा छलफल भएको कार्यदल संयोजक भीम रावलले जानकारी दिएका छन् ।
त्यस्तै बैठकमा विधान महाधिवेशनमा हुने प्रतिनिधित्वका विषयमा देखिएका समस्याहरूलाई समाधानका लागि छलफल भएको उनले बताए । विधान महाधिवेशनमा प्रतिनिधित्वका लागि उपयुक्त विधि र संरचनागत समाधानका विभिन्न उपायहरूमाथि छलफल भएको रावलले बताएका छन् । कार्यदलमा महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् ।
फेसबुकबाट प्रतिक्रिया