यी हुन् एकीकृत समाजवादीबाट मन्त्रीका दाबेदार

सरकार बनेको ७७ दिनसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी अघि बढाएका छन् । सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय भागबन्डा टुंग्याएर बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने उनको तयारी छ ।

पाँच दलीय गठबन्धनभित्र कांग्रेसले ७, एकीकृत समाजवादी, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) ले ६÷६ मन्त्रालय लिने सहमति यसअघि नै भइसकेको छ ।

माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा जाने मन्त्री सबैजसो नयाँ अनुहारका हुने भएका छन् । यस्तै उपसभामुख पदमा पनि एकीकृत समाजवादी पार्टीको दाबी रहेको बताइएको थियो । यसबाहेक विभिन्न संसदीय समितिका सभापति हेरफेर हुँदा एकीकृत समाजवादीले कम्तीमा तीनवटा संसदीय समितिको सभापति पाउने सम्भावना छ । नामबारे अन्तिम निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष नेपाललाई दिइएको छ ।

हालसम्म मन्त्रीका रूपमा चर्चामा आएका नाममध्ये विरोध खतिवडा, जीवनराम श्रेष्ठ, डा. खिमलाल देवकोटा, मेटमणि चौधरी, यज्ञराज सुनुवार, किसान श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी जैरु अग्रपंक्तिमा छन् । त्यससँगै राष्ट्रिय सभामा दलको नेता बेदुराम भुषालको नाम पनि आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार