सोमबार थप १ हजार २८२ जनामा सङ्क्रमण पुष्टि, ७ को मृत्यु

नेपालमा सोमबार थप १ हजार २ सय ८२ जनामा सङ्क्रमण पुष्टि भएको छ । देशभर गरिएको १२ हजार ८१ पिसिआर परीक्षणका क्रममा ९ सय ७५ जना र ३ हजार ४ सय ७ एन्टीजेन परीक्षणका क्रममा ३०७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमितको सङ्ख्या ८ लाख ८३ हजार २ सय २१ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार १ सय ३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यस्तै थप १ हजार २ सय ६२ सङ्क्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ६२ हजार ४ सय १६ सङ्क्रमित कोरोनामुक्त भएका छन् । अहिले १८ हजार ८ सय ४८ सक्रिय सङ्क्रमित आइसोलेसन र २ सय ५६ जना क्वारेन्टाइनमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार