एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप आइतबारबाट सुरु

छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप आइतबारबाट सुरु भएको छ ।  नेपाल भलिबल संघको आयोजनामा भएको प्रतियोगीताको उद्घाटन खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्यो । राष्ट्रिय टोलीका खेलाडीले भरिएको आर्मीले कर्णालीलाई पहिलो सेटमा २५–८, दोस्रो सेटमा २५–१४ र तेस्रो सेटमा २५–७ ले पराजित गर्यो । यस जितसँगै आर्मीले पहिलो खेलमै ३ अंक जोडेको छ । कर्णालीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । त्यस्तै आइतबार नै भएको अर्को खेलमा एपीएफले पुरुष तर्फ विजयी सुरुवात गरेको छ ।

आफ्नो पहिलो खेलमा एपीएफलाइ ढोरपाटन स्पोर्टस क्लवलाई तीन एकको सेटमा हरायो । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको खेलमा एपीएफले ढोरपाटनलाई २५–१३, २५–१८, २६–२८ र १९–१३ को सेटमा हरायो । उपाधिको दावेदार टिममा रहेको एपीएफले पहिलो सेट २५–१३ ले जित्दा दोस्रो सेटमा २५–१८ को जित निकाल्यो । तर तेस्रो सेटमा ढोरपाटनले २८–२६ ले आफ्नो पक्षमा पार्यो । तर चौथो सेटमा कमब्याक गर्दै एपीएफले २५– १५ ले जित्न सफल भयो ।

प्रतियोगीता अन्तर्गत महिलातर्फको खेल भने मंगलबार सुरु हुनेछ । प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ । प्रतियोगीताको विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछ । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् । क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ उत्कृष्ट ७ र महिलाको ५ टोलीले चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउन

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार