सबै सरकारी अधिकारीलाई दिइएको आममाफीको सम्मान गर्न आफ्ना लडाकूलाई तालिबानको आग्रह

तालिबानले बिहीबार आफ्ना लडाकूहरूलाई अफगानिस्तानका सबै सरकारी अधिकारीहरूलाई दिइएको आम माफीको सम्मान गर्न र इस्लामिक इमिरेटको नयाँ सरकारको बदनाम नगर्न आग्रह गरेको छ । अफगानिस्तानको अन्तरिम सरकारका रक्षा मन्त्री मुल्लाह मोहम्मद याकोबले आफ्ना लडाकूहरूलाई सामान्य आममाफीको घोषणा गरिएको र कसैले पनि स्वेच्छाचारी कार्यद्वारा इस्लामिक इमिरेट अफ अफगानिस्तान (आईइए) को गर्नु नहुँने बताएको ‘द खामा प्रेस न्युज एजेन्सी’ले उल्लेख गरेको छ । रक्षा मन्त्रीले आम माफीलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न र जनतालाई दुव्र्यबहार नगर्न आग्रह गरेका हुन् ।

याकोबले जारी गरेको वक्तव्यमा विभिन्न प्रान्तहरूमा केही तालिवान सदस्यहरूले प्रतिशोध लिएको देखिएको र अघिल्लो सरकारका लागि काम गरेका व्यक्तिहरूको हत्या गरेको उल्लेख गरिएको छ । विपक्षी, कर्मचारी प्रशासन तथा अफगान नागरिकमाथि कारबाही गर्ने नीति अफगानिस्तानको नरहेको द खामा प्रेस न्युज एजेन्सीले जनाएको छ ।

तालिबान लडाकूहरूलाई लक्षित गरिएको सम्बोधनमा उनले भने, “मानिसहरूसँग राम्रो व्यवहार गर्नुहोस् । आफ्नो मनोमानी कार्यद्वारा अफगानिस्तानको बदनाम नगर्नुहोस् । अनावश्यक फोटो र भिडियोहरू लिन बन्द गर्नुहोस् र आवश्यक नभएसम्म सरकारी कार्यालयमा प्रवेश नगर्नुहोस् ।

तालिबान समूहका संस्थापक नेताका छोरासमेत रहेका याकोबले थपे, “तालिबानका केही कमान्डरहरूले अफगान भूमिको विरोधमा रहेका आफ्नो दर्जा विस्तार गर्न गलत मानिसहरूलाई भर्ती गरेका भन्ने रिपोर्ट आएको छ यदि आरोप सही ठहरिएमा दोषीहरूलाई सजाय दिइनेछ । केही तालिवान लडाकूहरू रातिसम्म अघिल्लो सरकारका अधिकारीका घरमा पसेर उनीहरुको हत्या र अपहरण गर्दै आएका बिषयलाई सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार