आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन सक्छ : नेता थापा

नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन सक्ने बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले शुक्रबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीले निर्णय गरेमा प्रचण्ड र आफ्नो बिच चुनावी प्रतिस्पर्धा हुन सक्ने बताएका हुन् । उनले अहिले ठुलो सङ्ख्याका नेता तथा कार्यकर्ताले प्रचण्डको साथ छोडेको जिकिर गरे ।
त्यस्तै उनले राष्ट्रिय अर्थतन्त्र र पुँजीको संरक्षण गर्ने भन्दा पनि कालो धनलाई संरक्षण गर्ने काम वर्तमान सरकारले गरेको आरोप पनि लगाएका छन् । थापाले लोकतन्त्र, राष्ट्रियता, समृद्धि र समाजवाद विरुद्ध वर्तमान सरकार लागेको  धारणा व्यक्त गरे । उनले एमसीसीलाई परिमार्जन गरेर मात्र अघि बढाउनुपर्ने बताए ।
उनले पार्टीभित्र १० बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् ।  सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्र र विधिको शासन उल्लङ्घन गरिरहेको भन्दै उनले सभामुखले निष्पक्ष निर्णय गर्न नसकेकै कारण विरोध गर्नुपरेको उल्लेख गरे ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार