गायिका इन्दिरा जोशीले गरिन् ‘इङ्गेजमेन्ट’

गायिका इन्दिरा जोशीले बिहीबार ‘इङ्गेजमेन्ट’ गरेकी छन् । गायिका ईन्दिरा र फेसन डिजाइनर शरद केडियाबीच ‘इङ्गेजमेन्ट’ भएको हो ।  उनीहरुले हेलिकप्टरमा खुम्बु पुगेर इङ्गेजमेन्ट गरेका हुन् ।  उनीहरुले औपचारिक रुपमा इङ्गेजमेन्टबारे जानकारी गराएका छैनन् तर इङ्गेजमेन्टको भिडियो भने सार्वजनिक भइसकेको छ ।

नेपाल आइडलकी निर्णायकसमेत बनिसकेकी उनले केही समयअघि आफू प्रेममा रहेको खुलाए पनि प्रेमीको अनुहार सार्वजनिक गरेकी थिइनन् । क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा ​शरदले ईन्दिरालाई औ‌ठी लगाउँदै गरेको भिडिओ सार्वजनिक गर्दै ईन्दिरा र शरदलाई नयाँ उज्वल भविष्यको कामना दिएका छन् ।

पछिल्ला केही वर्षदेखि ईन्दिरा जोशी चर्चित नेपाली गायिकाहरुको पङ्तिमा अगाडि देखिन्छिन । झन नेपाल आईडलको निर्णायकको जिम्मेवारी पाएदेखि उनको कद अझै बढदै गएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार