राष्ट्रपति भण्डारीद्वारा विनियोजन विधेयक प्रमाणीकरण, सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्यो

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित चालु आर्थिक वर्षको बजेटसम्बन्धी विनियोजन विधेयक, २०७८ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी छन्  । बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न बाटो खुलेको छ । बजेट पारित नहुँदा गत भदौ ३० गतेदेखि सरकारी कोषको रकम खर्च गर्न नमिल्ने भएको थियो ।
यसअघि आजकै प्रतिनिधि सभाले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित गरेको थियो ।  एमाले सांसदको बिरोधकाबीच अर्थमन्त्री जनार्दन शर्माले बिहीबारको बैठकमा उक्त दुई विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
एमालेले १४ जना सांसदहरूलाई कारबाही गरेको सूचना सभामुखले नटाँसेको भन्दै एमालेले सूचना टाँसको माग गर्दै प्रतिनिधि सभामा अवरोध गर्दै आएको छ। बजेट पारित नहुँदा सरकारले ९ दिन खर्च गर्न पाएको थिएन ।
Loading...