बैशाखभित्र सबै नागरिकलाई कोरोनाबिरुद्धको खोप दिने सरकारको लक्ष्य छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी बैशाखभित्र सबै नागरिकलाई कोरोनाबिरुद्धको खोप दिने सरकारको लक्ष्य रहेको बताएका छन् । बिहीबार काठमाडौँमा हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री देउवाले सरकार सबै नागरिकलाई खोप प्रदान गर्न प्रतिबद्ध रहेको भन्दै बैंशाखभित्र सबै नागरिकलाई कोरोनाबिरुद्धको खोप दिने योजना रहेको बताएका हुन् ।
उनले नेपालको संविधानमा प्रत्याभूत रहेको प्रेस स्वतन्त्रताको विषयलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । तथ्य तथ्यमा आधारित भएर सरकारको आलोचना हुनुपर्ने र यसलाई आफूले सदैव स्वागत गर्ने उनको भनाई छ ।  कार्यक्रममा नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठानले यस वर्षको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारबाट पत्रकार वासुदेव बर्मालाई पुरस्कृत गरेको हो ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार