एकीकृत समाजवादीले चार उपाध्यक्षसहित पदाधिकारीको नाम टुंगो लगायाे: महासचिवमा वेदुराम र सचिवमा झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) चार पदाधिकारीसहित महासचिवको टुंगो लगाएको छ । एसको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् ।

महासचिवमा डा‍ बेदुराम भुसाल र उपमहासचिवमा डा विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन् । सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको नाम टुंगो लागेको छ। ।

आज बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्नेगरी पदाधिकारीको नाम टुंगो लगाएको एसले जनाएको छ । नेकपा एसको अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल छन् । त्यस्तै नेकपा एसको स्थायी कमिटीमा ३१ सदस्य रहने छन् । र, पोलिटव्युरो पनि आजै घोषणा गरिने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार