अशोक लेलैण्ड दशैँ तिहारको बहार, स्युर-सटको साथै बम्पर उपहार

आइएमई ग्रुपअन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दशैँ तिहारलाई लक्षित गरी “दशैँ तिहारको बहार पक्का उपहार” साथै बम्पर उपहार योजना ल्याएको छ ।

जस अन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी छानी उपहार पाउने छन् । चाडपर्वमा ग्राहकहरुले अफरलाई नै बढि प्राथमिकता दिने भएको हुँदा ग्राहकको मागअनुसार नै हामीले यो योजनालाई बजारमा ल्याएको आइएमईमोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए ।

यस योजनाअनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिप्परको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छा अनुसार उपहार छानी छानी लान सक्नेछन् ।

अफर अन्तर्गत अशोक लेलैण्डको दोस्त गाडीको खरिदमा १५ ग्राम सुन अथवा स्मार्ट फोन साथै थपक्यास डिस्काउन्ट अथवा स्मार्ट टिभि साथै क्यास डिस्काउन्ट पाउन सक्नेछन् ।

ग्राहकहरुले प्रत्यक आइसीभी हउलेज, एमसीभी टिपर वा बस खरिदमा ३० ग्राम सुन अथवा आइफोन १२ प्रो म्याक्स अथवा टीभीएसएन टर्क स्कुटर पाउन सक्नेछन् भने माथि उल्लेखित गाडीहरु मध्ये आइसीभी हउलेज, एमसीभी टिपर वा बस मध्ये एकै पटक दुई वटा गाडीको खरिदमा ६० ग्राम सुन अथवा एप्पल म्याक बुक प्रो साथै आइफोन १२ प्रो म्याक्स अथवा रोयल एनफिल्म ३५० सीसी बुलेट बाइक पाउन सक्नेछन् ।

कुनै पनि एचसीभी साथै आइसीभी टिप्परको एक वटा गाडी खरिदमा ३० ग्राम सुन अथवा आइफोन १२ प्रो म्याक्स अथवा टीभीएसएन टर्क स्कुटर पाउन सक्नेछन्  ।

त्यस्तै गरी दुई वटा एचसीभी र आइसीभी टिप्परको खरिदमा ६० ग्राम सुन तोला सुन अथवा एप्पल म्याक बुक प्रो र आइफोन १२ प्रो अथवा रोयल एनफिल्ड ३५० सीसी बुलेट रोयल एनफिल्ड ३५० सीसी बुलेट बाइक पनि पाउन सक्नेछन् ।

एचसीभी तथा आइसीभी टिप्परको कुनै पनि गाडीको खरिदमा माथि उल्लेखित उपहार भन्दा अझ थप अफर पनि प्राप्त गर्न सक्नेछन् ।

यो योजन अन्तर्गत बम्परमा तीन जान भाग्यशाली जोडीलाई ५ रात ६ दिने युरोप टुरको पनि अफर ल्याएको कम्पनीले जनाएको छ । चाडपर्ब लक्षित यो योजना मंसिर ३० गतेसम्म मात्र लागु हुने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार