भोलिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ: प्रवक्ता महरा

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बिहीबारसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।

आज बसेको स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै महराले गठबन्धन बैठक आज साँझ बालुवाटारमा बस्ने र भोलिसम्म मन्त्रिपरिषदलाई पूर्णता दिइने बताएका हुन् ।

बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकले दलविभाजनसम्बन्धी अध्यादेशको टुंगो लगाउने पनि प्रवक्ता महराले बताए । दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार