थप १ हजार ४७८ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

नेपालमा बुधबार थप १ हजार ४७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ११ हजार ६७ पीसीआर परिक्षणमा १ हजार २५१ र २ हजार ८६३ एन्टीजिन परिक्षणमा २२७ जनामा संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६३० जना संक्रमणमुक्त भएका छन् भने हालसम्म ७ लाख ५५ हजार ६३० जनाले कोरोना जितेका छन् । यस्तै थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५९ पुगेको छ ।

हाल नेपालमा देशभरमा २१ हजार १३९ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ११९ जनाको भेन्टिलेटरमा, ३३४ जनाको आईसीयूमा उपचार भइरहेको छ । १३३४ जना संस्थागत आइसोलेनमा र १९ हजार ८०५४ जना होम आइसोलेसनमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार